एमाले कार्यालयमा आगजनी
रौतहट,१० भदौ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा आज दिउँंसो एमाले जिल्ला पाटी कार्यालयमा आगजनी गरेका छन् । गौर नगरपालिका ८ बालमन्दिर नजिकै रहेको एमाले पार्टी कार्यालयमा उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट कुर्सी, टेलब लगायतका समान जलेर नष्ट भएको छ । कार्यालयमा आगजनी भएपछि एमालेका रौतहट जिल्ला अध्यक्ष कमल राय यादवले विज्ञप्ती निकाली घटनाका संलग्न लाइ कारवाही गर्न माग गर्नुभएको छ भने आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।