Live Streaming

भारतमा कफ्यु

काठमाडौं,१० भदौ । पटेल आरक्षणका पक्षमा भएको आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएपछि भारत गुजरातका ५ सहरमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रर्दशनकारीहरुले आन्दोलनलाई थप चर्काउन थालेपछि राज्य सरकारले मोबाईल र इन्टरनेट सेवा समेत बन्द गराएको छ ।

आन्दोलनकारीहरुले गुजरातका प्रहरी अधिकारीहरुलाई ४८ घण्टाभित्र निलम्बन गरि मृतकका परिवारहरुलाई ३०–३० लाख क्षतिपुर्ति दिन माग गर्दै आज थप आन्दोलन चर्काएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनकारीहरुले नगर क्षेत्रमा दुध, तरकारी र अन्य खाद्यान्न आपुर्ति नगर्न स्थानीय कृषकलाई अपिल समेत गरेका छन् ।

स्थानिय प्रहरीले भने लाइसेन्ससहित राखिएका हतियार बुझाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ । स्थितीलाई नियन्त्रणमा लिन सरकारले गुजरात र अन्य महत्पूर्ण ईलाकाहरुमा सेनालाई परिचालन गरेको बताइएको छ ।