जहाजमा निसास्सिएर ५० को मृत्यु
एजेन्सी,१० भदौ । लिबियाको तटिय क्षेत्रमा एक जहाजमा निसास्सिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ । आप्रबासीले भरिएको सो ढुंगाबाट अन्य ४ सय ३० जनाको भने जिबितै उद्धार गरिएको छ । सो जहाजमा क्षमताभन्दा अत्याधिक यात्रु राखेपछि उनीहरुको निसास्सिएर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जहाजमा बाँचेका आप्रबासीहरुले मानव तस्करले सो जहाँंजमा क्षमताभन्दा झण्डै दोब्बर मानिस राखेकाले जहाँंजभित्रै निसास्सिएर सो घटना भएको दाबी गरेका छन् । लिबियाबाट समुन्द्रिक बाटो हँुंदै हरेक वर्ष हजारौ आप्रबासीहरु युरोपतर्फ पलायन हुने गरेका छन् ।