Live Streaming

​आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन नेता नेपालको आग्रह

काठमाडौं,१० भदौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आन्दोलनरत पक्ष सबैलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । संबिधानसभा बैठकमा जारी संविधान विद्येयकमाथि सैद्धान्तिक छलफलका क्रममा नेता नेपालले सबैको जायज माग पुरा गरेर देशको अखण्डतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्राय सबैजसो असन्तुष्ट पक्षको भावना भने सकरात्मक भएको नेता नेपालको जिकिर छ । असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने नाममा देशलाई नकरात्मक असर पर्न नहुने तर्फ सचेत गराउँंदै उहाँंले सकेसम्म विद्येयक परिमार्जन गरी छिटो संबिधान जारी गर्न जोड दिनुभयो ।