बेलायतका विकास राज्यमन्त्री नेपाल आउने
काठमाडौं,१० भदौ । बेलायतका विकास राज्यमन्त्री देशमण्ड स्वाइने तीनदिने भ्रमणका लागि आज नेपाल आउँंदै हुनुहुन्छ । नेपाल बसाइका क्रममा उहाले उच्चस्तरीय भेटवार्ताका साथै भुकम्पपछिको पुननिर्माणका लागि बेलायतको सहयोगमा भइरहेका कामको स्थलगत अध्ययन गर्नुहुनेछ ।
उहाले विशेषगरी काठमाण्डौँ बाहिरका जिल्लामा पुननिर्माण र विकासको कामका बारेमा अवलोकन गर्ने र नेपालस्थित विश्व खाद्य कार्यक्रम र राष्ट्र संघको कामबारे पनि जानकारी लिनुहुने छ । ६ महिना अघि पनि नेपाल आउनुभएका राज्यमन्त्री स्वाइनेले यहा बसाइका क्रममा कास्की र स्याङजामा बेलायती सहयोगमा भइरहेका आयोजनाको अवलोकन गर्नुभएको थियो ।