Live Streaming

​ विधेयकमाथिको सैद्धान्तिक छलफल जारी

काठमाडौं,१० भदौ । संविधानसभामा संविधानको विधेयकमाथी सैद्धान्तिक छलफल आज पनि जारी छ ।  जारी बैठकमा बोल्न नाम टिपाएका बाँकी सभासद्ले आफ्ना धारणा राख्नेक्रम शुरु भएको छ ।  छलफलमा भाग लिन ४ सय ५० सभासद्ले नाम दर्ता गराएको संविधानसभा सचिवालयले जनाएको छ ।

तीमध्ये हिजो पहिलो दिन शीर्ष नेतासहित ८८ जना सभासद्ले आफ्नो धारणा राखेका छन् । छलफलमा भाग लिदै सभासदहरुले विधयेकले आन्दोलनरत पक्षहरुको भावना समेट्न नसकेको तथा जायज माग शंशोधन अवधिमा समेट्न आग्रह गरेका छन ।

संविधानको विधेकमाथि संविधानसभामा देनिक ११ घण्टा छलफल चलाएर भोलीसम्मा सैद्धान्तिक छलफल सक्याउने तयारी संविधानसभा सचिवालयले गरेको छ । सैद्धान्तिक छलफल सकिएपछि सभासद्हरुले संशोधन प्रस्ताव दर्ताका लागि समय पाउने छन् । संविधानसभा नियमावली अनुसार विधेयकमा संशोधन दर्ता गराउन सभासद्हरुले ७ दिनको समय पाउने छन् । संशोधन प्रस्ताव दार्ता गराएपछि संविधान विधेयकमाथिको दफावार छलफल शुरु हुनेछ ।

संविधानसभाबाट पारित भएको संशोधन प्रस्ताव समावेश भई संविधानको अन्तिम विधेयक बन्ने छ ।  विधेयकमाथिको दफावार छलफल भने सैद्धान्तिक रूपमा स्वीकृत विधेयकमाथि सभासदले संशोधन प्रस्ताव दर्ता गराएपछि मात्रै सुरु हुन्छ । संविधानसभाबाट पारित भएको संशोधन प्रस्ताव समावेश भई संविधानको अन्तिम विधेयक बन्ने छ ।

विधेयकमा उल्लिखित सीमांकन सहितको ७ प्रदेशको संघीयता, सुधारिएको संसदीय व्यवस्था, मिश्रित निर्वाचन प्रणाली, नेपाली बाबु वा आमाका सन्तानले वंशजको नागरिकता प्राप्तिजस्ता मुख्य विषयमा संविधानसभाका तीन ठूला दलहरूको सहमति छ ।