Live Streaming

बलत्कारको उजुरी मोरङ प्रहरीले दर्ता गरेन,पीडित किशोरी तनावमा

रत्नप्रसादआचार्य
धरान,९ भदौ । मोरङ प्रहरीले अपहरण  गरी बलत्कार गरेको जघन्य अपराधको मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाउन अस्विकार गरेको छ । सुनसरीको धरान ११ निवासी एक किशोरीले आफूलाई अपहरण गरी २० दिन सम्मबन्धक बनाएर बलत्कार गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय मोरङामा दिंदा समेत प्रहरीले उक्त मुद्धा दर्ता नगरेको पीडित किशोरीले आरोप लगाएकी छिन् ।
सुनसरी सदरमुकाइनरुवा स्थित मकालु टेक्निकल इन्सिच्युटमा  स्टाफ नर्स अध्ययन गर्दै गरेकी १९ वर्षीया किशोरीलाई कलेजकै अध्यक्ष राजकुमार यादवका छोरा अजय यादवले कोसी अञ्चल अस्पताल विराटनगरमा प्राक्टिकल गर्दै गरेकी किशोरीलाई अपहरण गरी काठमाडौं पुर्याएर बलत्कार गरेकाथिए । २० दिनसम्म बन्धक बनाएर बलत्कारमा परेकी किशोरीले अपहरणकारी अजय विरुद्ध जाहेरी दिन पटक पटक जिल्ला प्रहरी कार्यालय मोरङ जाँदा समेत उजुरी दर्ता नगरेपछि पीडित किशोरीले न्यायका लागि गुहार मागेकी छिन् ।

पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी तारीणीाप्रसाद लम्सालले उजुरी दर्ता गर्न अस्विकार गरेपछि आफ्नो अस्मिता लुट्नेलाई कारबाही गराउन महिला अधिकारकर्मी, नागरीक समाज र राष्ट्रिय मानवअधिकार आयोगसँंंग माग गरेकी छिन् । पीडित किशोरीले साउन १० गते कोसी अञ्चल अस्पतालमा प्राक्टिकल गर्न डिउटीमा रहेको बेला कलेजका अध्यक्ष यादबका छोरा अजयले एक सहयोगीका साथ अपहरण गरी गाडीमा हालेर झापाको विर्तामोड, सुनसरीको इटहरी, महोत्तरीको बर्दिवास र काठमाडौंका विभिन्न स्थानमा २० दिन सम्म बन्धक बनाएर आफुलाई पटक पटक बलत्कार गरेको ओरोप लगाएकी छिन् ।

आफु अध्ययनको सिलसिलामा इनरुवामा होस्टेलमा बसेर अध्ययन गरिरहेको अवस्थामा कलेजकै अध्यक्षका छोराले अपहरण गरी अस्मिता लटेको उजुरी दिन जाँंदासमेत प्रहरीले उजुरी दर्ता गर्न मानेन पीडित किशोरीले रुदै भनिन्, बलत्कारीलाई कारबाही  नगरुन्जेलसम्म मैले मुख देखाएर हिड्न सक्ने अवस्था छैन् । बलत्कारको सिकार बनेकी किशोरी मानसिक विक्षप्तमा परेका कारण कलेज जान छाडेको पीडितका काकाले बताएका छन् । उनले पनि अपहरण गरी बलत्कार गरेको घटनाको उजुरी प्रहरीले दर्ता गर्न अस्विकार गरेपछि पिडकसंँंग प्रहरीले आर्थिक चलखेल गरेको आरोप लगाएको छ । पीडित किशोरीले प्रहरीमा उजुरी दिएको खबर चाल पाएका पिडक अजय भने हाल फरार रहेका छन् ।

प्रहरीले उजुरी दर्ता गर्न अस्विकार गरेपछि पीडितले मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीसंग गुहार माग्न पुगेका थिए । प्रजिअ कार्कीले उजुरी दर्ता गर्न प्रहरीलाई लिखित निर्देशन दिएको भएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित परिवारको आरोप छ । जिल्ला प्रहरी कार्यालय मोरङकाप्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालले उजुरीमाथि प्रारम्भिक अनुसन्धान थालिएको बताए ।