बन्दका कारण ९ सय मालबहाक ट्रक जोगबनी नाकामै थन्किए
मोरङ, ९ भदौ । दुई सातादेखिको लगातारको बन्दका कारण मोरङ सुनसरी औद्योगिक करिडोरका करिब ९ सय मालबहाक ट्रक भारतको जोगबनी नाकामै थन्किएका छन् । उद्योगका लागि कच्चा पदार्थ र अन्य आबश्यक सामाग्री बोकेका ती ट्रकहरु बन्दका कारण नेपाल भित्र्याउन नसकिएपछि जोगबनी नाकामै अलपत्र परेका हुन् ।
उद्योगले प्रहरीसंग सुरक्षाका लागि आग्रह गरेपनि प्रहरीले सुरक्षा दिन नसक्ने बताएपछि मालबहाक ट्रक नेपाल ल्याउन कठिन बनेको हो । बन्दका कारण उद्योगबाट उत्पादित सामान गोदाममै थन्किएका छन् भने कच्चा पदार्थ आयात नहुँंदा अधिकांश उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।