Live Streaming

मधेश बन्दको आज १२ औं दिन,तराईको जनजीवन कष्टकर बन्दै

काठमाडौं,९ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको १२ औँ दिन आज पनि तराइका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पश्चिम र मध्य तराइमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार पसल पनि ठप्प छन् । मोर्चाका कार्यकर्ताहरु ठाउँ ठाउँमा प्रदर्शनसहित उत्रिएका छन् ।

पश्चिम तराइका जिल्लामा थारु समदुय र मधेशी मोर्चाको बन्दको प्रभाव छ भने मध्य तराइका बारा, पार्स, धनुषा, रौतहट, महोत्तरी, सर्लाही लगायतका जिल्लामा भने मोर्चाको प्रभाव बढि छ । बन्दकर्ताहरु ठाउँ ठाउँमा प्रदर्शनमा उत्रिएका छन् ।

धनुषाको जनकपुरमा बन्दकर्ताहरुले केहिबेरपछि मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेका छन् । दलहरुले गरेको संघिय संरचनासम्बन्धी सहमतीको विरोध गर्दै मोर्चाले १२ दिनदेखि तराईका जिल्लामा बन्द गर्दै आएको छ ।