नेपालाई जस्तोसुकै सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं,८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो कैलालीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दे नेपाललाई जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री सुशील कोइरालालाई आज टेलिफोन गरि भारतिय प्रधानमन्त्री मोदीले कैलाली घटनाप्रती दुःख व्यक्त गर्नु भएको हो ।
मोदीले हिंसालाई निरुत्साहन गर्न र सामाजिक एकता कायम गर्न नेपाल सरकार, राजनीतिक दल तथा नागरिकसँग आग्रह गर्नुभएको छ । मोदीले हिंसाविरुद्धको लडाइ तथा नयाँ संविधान लेखनको यात्रामा भारतको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले सबै पक्ष र समुदायको माग र भावनालाई समेटेर नेपालमा छिटै समावेशी संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।