Live Streaming

पशु नश्ल सुधारतर्फ आर्कषित हुँंदै किसान

 पशु नश्ल सुधारतर्फ आर्कषित हुँंदै किसान

श्रीराम केसी
धुलिखेल,८ भदौ । जिल्ला पशु सेवा कार्यलय काभ्रेले सञ्चालन गरेको पशु नश्ल सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पशु सेवा कार्यलयले गाउँं गाउँंमा कृतीम गर्भधान सेवा विस्तार गरेसंगै किसान आकर्षित  हँुदै गएका छन् । पछिल्लो समय व्यावसायीक पशुपालनमा किसान आकर्षित भएसंँंगै नश्ल सुधारमा समेत वृद्धी भएको जिल्ला पशु सेवा कार्यलयका पशु विकास अधिकृत राजकुमार हुमागाईले बताए । ‘गाउँमा व्याडका लागि रागाँ, गोरु र बोका पाउन मुस्कील भएपछि पछिल्लो समय किसान कृितम गर्भाधानप्रति  आकर्षित भएका हुन् ।

उनका अनुसार ‘कृतिम गर्भधानबाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, जन्मेको बच्चा मर्ने संभावना कम हुने र बढी दुधालु हुने भएसँंंगै किसान आकर्षित हँुंदै गएका हुमगाईले बताए । पशु सेवा कार्यलय काभ्रेका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा १८ हजार गाई र भैसीमा कृतीम गर्भधान सेवा दिएकोमा आव ०७१÷०७२ मा बढेर २३ हजार २ सय ३० पशुमा कृतिम गर्भधान सेवा दिएको  । जिल्ला  पशु विकास कार्यलयको तथ्याङ्कमा रहेको छ ।

जिल्लाका विभिन्न ३७ स्थानमा पशुहरुमा कृतिम गर्भधारण सेवा सुरु गरिएसंगै पशु नशलमा वृद्धी भएको हो । ‘गाउँंघरमा परमपरागत रुपमा नशल गर्दा झन्झट र लागत  बढी हुने भएकाले गाईहरुमा कृतिम गर्भधान गर्ने गरको छु ।’ पाचखाल नगरपालिकाका शैलेस ढुंगानाले भने कम लागतमा निर्धक्कसंग पशु नशल हुने भएकाले  परमपरागत  भन्दा कृतिम गर्भधारण सहज हुने  बताए  ।
कृतिम गर्भधारण बाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, र  बढी दुधालु हुने गरेका कृतिम गर्भधारण गर्ने गरेको कृषक ढुङ्गाना बताउँंछन् । जिल्लाको विभिन्न १६ स्थानमा सामुदायिक प्रजनन केन्द्र, जिल्ला पशु सेवा कार्यलयले १० स्थानमा, पशु कार्यलय मातहतका ४ स्थानमा र प्राईभेट संस्थाले ७ स्थानवाट  सो सेवा दिइरहेका छन् । कृतिम गर्भधानपछि जिल्लामा दुध उत्पादनमा समेत वृद्धि हुदै गएको जिल्ला पशु सेवा कार्यलयले जनाएको  छ । 

जिल्लाका डाँंडापारीका १० र कोसीपारीका १७  गाविसहरुमा पुर्वाधार र सडक विस्तार नभएकाले कृतिम गर्भधान सेवा विस्तार गर्न कठिन हुदै आएको छ । भौगोलिक विकटता, यातायातको असुविधाका कारण जिल्लाका केही विकट ठाउँं किसानमाझ  पु¥याउन  र आवश्यक लिकुईट नाईट्रोजन उत्पादन गर्न समस्या भएकाले  जिल्लाभर सेवा विस्तार गर्न कठिन भएको पशु अधिकृत हुमागाई बताउँंछन् ।

जिल्लामा दैनिक २ लाख १० हजार दुग्ध उत्पादन हुने गरेको छ । भने दुग्ध उत्पादनबाट मात्रै दैनिक १ करोड दश लाख रुपैया भन्दा बढि रकम  भित्रने गरेको जिल्ला पशु सेवा कार्यलयले जनाएको छ । पशुपालनका लागी जिल्लाका पनौती, कुशादेवी, रविओपी, उग्रचण्डी, अनैकोट ,जैसीथोक, दाप्चा, धुलीखेल, नाला, र्याले,पाचखाल,ढुङ्गखर्क, मेथीनकोट लगाएतका स्थनहरु पशुपालनका लागी पकट क्षेत्र  रहेको जिल्ला पशु सेवा कार्यलय काभ्रे तथ्याङ्कमा रहेको छ ।