दुहवीमा थरुहटको लाठी जुलुस पर्दशन, जनजीवन प्रभावित
रत्नप्रसाद आचार्य
इटहर,८ भदौ। कैलाली घटनापश्चात थरुहटका कार्यकर्ताहरुले सुनसरीको दहबी बजारमा लाठि जुलुस सहित पर्दशन गरेका छन् । मंगलबार सुनसरीको क्षेत्र नम्बर ३ का विभिन्न गाविसबाट भेला भएका थारु समुदायले दुहबीलाई केन्द्र बनाएर आन्दोलन थालेपछि दुहबी बजार तनाव ग्रस्त बनेको छ ।
थरुहटको आन्दोलनमा कंग्रेस, एमाले मधेसी जनअधिकार फोरमका कायकर्ताहरु सहभागी भएपछि दुहबी बजारमा बासका भाटा र लाठि बोकेर पर्दशन गरिएको छ । थरुहट राज्य माग गर्दै थालिएको आन्दोलनमा सहभागी हुन कार्यकर्ताहरुले लोकतान्त्रिकका अध्यक्ष विजय गछदार र एमाले केन्द्रिय सदस्य भगवती चौधरीलाई पनि सहभागी हुन प्रर्दशनकारीले अनुरोध गरेका छन् ।
सुनसरीको ३ नम्बर क्षेत्रका दुहबी भलुवा नगरपालीका , औरावनी, सिमरिया गाविसबाट थारु समुदायका सयौ पर्दशनकारीहरुले दुहबीमा आन्दोलन सुरु गरेपछी दुहबीमा व्यापक रुपमा जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आन्दोलनबाट कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीको नेतृत्वमा थप प्रहरी टोली दुहबी बजारमा पठाएको छ ।
हप्तादिनदेखि थरुहटका कार्यकर्ताहरुले तराईका २२ जिल्लालाई छुट्टै थरुहट राज्यको माग गर्दै पर्दशनलाई जारी राखेपछि दुहबी बजार तनावग्रस्त बनेको छ । गृहमन्त्री बामदेव गौतमको राजिनामा माग्दै पर्दशनकारीहरुले लाठि जुलुस निकालेपछी दुहबी बजारबासिहरु समेत आतंकित भएका छन् । पर्दशनकारीले दुहबीको मुख्य चोकमा पाल टागेर २४ सै घण्टा आन्दोलन सुरु गरेपछी स्थिति तनाव ग्रस्त बनेको हो । थरुहटका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउँंदै सवारी साधन संचालन गर्न नदिएपछि विराटनगर– इटहरीको यातायात सेवा ठप्प भएको छ ।
पर्दशनकारीहरुले दुहबीमा गर्भवती महिला बोकेर विराटनगरतर्फ गुडिरहेको एउटा एम्बुलेन्स तोडफोड गरेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए । थरुहटका कार्यकर्ता र मधेसवादी दलको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवा बजार पनि पूर्ण रुपमा ठप्प भएको छ । इनरुवाबाट पूर्व पश्चिम जाने यातायातका साधन समेत संचालनमा आउन सकेका छैनन् । सुनसरीको इटहरी र धरानमा भने आन्दोलनको कुनै प्रभाव छैन ।
यस क्षेत्रमा बजार तथा यातायातका साधन पूर्ण रुपमा संचालनमा आएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिन व्यपापक रुपमा प्रहरी परिचालन गरिएको बताएका छन् ।