सेयर बजारमा भारी गिरावट
काठमाडौं,८ भदौ । एशियाली शेयर बजारमा आज भारी गिरावट देखिएको छ । चीनको अर्थव्यवस्थामा आएको गिरावटका कारण एसियाली शेयर बजारमा ३ प्रतिशतको गिरावट देखा परेको हो । एसियाली अर्थ व्यवस्थामा देखिएको गिरावटको असर युरोप र अमेरिकी शेयर बजारमा पनि देखा परेको छ ।
विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको चीनमा पछिल्ला दिनहरुमा देखिएको आर्थिक उतारचढावका कारण एसियाली शेयर बजारमा सो गिरावट देखा परेको हो ।