चार दल बैठकः राजनीतिक समाधान खोज्ने
काठमाडौं,८ भदौ । प्रमुख चार राजनीतिक दलले थारु समुदायले देशका विभिन्न भागमा चर्काएकोे आन्दोलनको राजनीतिक समाधान खोज्ने निर्णय गरेका छन् । यद्यपी अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रकिया भाड्न विभिन्न षडयन्त्रहरु भइरहेको विश्लेषण गर्दै संविधान निर्माण कुनै पनि हालतमा रोक्न नहुने निश्कर्षमा उनिहरु पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कंग्रेस एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले कैलाली घटनाको समिक्षा गर्दै त्यस्तो निर्णय गरेको हो । बैठकमा सत्तारुढ कांग्रेस र एमालेका नेताहरु प्रशासनिक तवरले समस्या समाधान गर्ने पक्षमा उभिएको स्रोतले बताएको छ ।
यद्यपी, एमाओवादीले हिंसात्मक घटना जे भए पनि थारु आन्दोलनको मूल उद्देश्य राजनीतिक भएको बताएको थियो । प्रस्तावित संघीय स्वरुपप्रति जनस्तरबाट भइरहेको स्वभाविक प्रदर्शन र प्रतिक्रियालाई भड्काउने र हिंसा फैलाउने कोसिस भइरहेकोले यसप्रति सचेत रहन र सामाजिक सद्भाव तथा शान्ति कायम गर्न सहयोग गर्न चार दल बैठकले सबैसमक्ष अपिल पनि गरेको छ ।
कैलाली घटनामा संलग्न दोषीहरुमाथि कानुन बमोजिम कारबाही अघि बढाउन बैठकले सरकारसँगमाग गरेको छ । बैठकमा मधेसमा भइरहेको प्रदर्शन र आन्दोलनलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भएको थियो ।