Live Streaming

​आदिवासीका माग सम्बोधन नहुँंदा अप्रिय घटना भयो

काठमाडौं,८ भदौ । कंग्रेसका आदिवासी जनजाती सभासदहरुले पार्टीले बेलैमा आदिवासी जनजातीका मागप्रति ध्यान नदिएकाले अहिलेको दुखद हिंसात्मक घटना हुन पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । हिजो कैलालीको टिकापुर क्षेत्रमा भएको हिसात्मक आक्रमणपछि कंग्रेस केन्द्रिय सदस्य शेखर कोइरालाले आज पार्टिका आदिवासि जनजाती सभासदको भेला आव्हान गर्नुभएको छ ।

राजधानीको दियालो फुडल्याण्डमा भइरहेको अन्तरक्रियामा देशका विभिन्न स्थानमा फैलिएको हिसात्मक द्धन्द कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सभासदहरुले आफ्नो धारणा राखिरहेका छन् । चालिस जना सहभागी छलफलमा सभासदहरु सूर्यमान गुरुङ, नरेन्द्र विक्रम नेम्वाङ् ,लक्ष्मी राई, भिमसेनदास प्रधान, जिपछिरिङ लामालगायतले आफुले आदिवासी जनजातिको माग यसअघि देखिनै उठाउँंदै आएको भएपनि दलका शीर्ष नेताहरु गम्भीर नभएकाले अहिले अवस्था हिंसात्मक बनेको बताउनुभएको हो । शीर्ष नेताहरुले अहिले पनि यस विषयमा नसोच्ने हो भने अवस्था अझै बिग्रन सक्नेमा आदिवासी जनजाति सभासदहरुले पार्टी नेतृत्वसहित संविधानसभा र सरकारलाई सचेत गराएका छन् ।