रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणासँंगै सेना परिचालन
फणि महत
रौतहट, ८ भदौ । सोमबार अबेरसम्म पनि रौतहट सदरमुकाम गौरको स्थिती सामान्य नभए पछि राति ११ बजेबाट स्थानिय प्रशासनले रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । गएराति सुरक्षा समितिको बैठकले गौरमा रहेको नेपाली सेनाको गुल्मलाई पत्राचार समेत गरिसकेको जनाएको छ ।
सोमबार दिउँंसो मधेशी मोर्चाका प्रर्दशनकारी र सुरक्षाकर्मी बीच झडप भएको घटनालाई मध्य नजर गर्दै अति संवेदनशील मानिएको गौर नगरपालिका क्षेत्र सँगै गौर चन्द्रनिगाहपुर सडकखण्डको ४२ किलोमिटरको दायाँ बायाँ एक किलोमिटर क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको रौतहटका जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिएका छन् ।
मंगलबारदेखि रौतहटमा नेपाली सेना परिचालन गर्नका लागि गौरमा रहेको श्रीबक्स गुल्म पुरेनवालाई पत्राचार गरेको हो ।गौर चपुर सडक खण्डको सहायक राजमार्गमा जोडिएको बजारहरु गरुडा, शिवनगर, सुकदेवचौक, भेडीयाही, झुन्खुन्वा, सवगडालगायतका बजारहरुलाई समेत दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
जिल्लाको स्थितीलाई निगरानी गरी रहेको र सेना तयारी अवस्थमा रहेको गुल्मपति सेनानी सँजिव भण्डारीले जानकारी दिए ।दंगाग्रस्त क्षेत्र घोषणा गरे पछि पाँंच जनाभन्दा बढी व्यतिmलाई सार्वजनिक स्थानमा एकै ठाउ बस्न बन्देज लाग्ने छ ।
सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत नजरबन्द गरेर राख्ने, शँकास्पद व्यतिmलाइ विना पक्राउ पूर्जि नियन्त्रणमा लिने, कुनै सार्वजनिक क्षेत्रमा हुलदंगा, आगजनी, तोडफोड, सभा गरेको देख्ने वितिकै प्रशासनले गोलि समेत हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाकारी दिएका छन ।
कर्फयू को समयमा पनि बांसको भाटा बोकेर प्रर्दशनमा आन्दोलनकारी उत्रिएको र सुरक्षाकर्मी तथा सरकारी कार्यालयहरुमा आक्रमणको सम्भावना बढेकाले दगांग्रस्त क्षेत्र घोषणा गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमबार साझ गौरमा आन्दोलनकारीहरुले चुरे तराइ बिकाश नेपाल नामक गैर सरकारी सस्थाले संचालन गरेको ना ३ च ८६३ नम्वरको एम्वुलेन्समा आगजनी गरेका छन । सोमबार भएको आन्दोलनकारी र सुरक्षाकर्मी बिच झडप हुँंदा ३० जना भन्दा बढी आन्दोलनकारी र ७ जना सुरक्षाकर्मी घाइते भएका थिए ।
जिल्ला सुरक्षा समितीको विज्ञप्ती