तीन मिटरको राजमार्ग बन्दा दुर्घटना बढ्यो
छेटु शेर्पा संखुवा
संखुवासभा, ८ भदौं । कोशी राजमार्ग (जोमनी–किमाथाङका ३७६ किलोमिटर) अन्तर्गतका सडक कालोपत्रे सम्पन्न भए पनि थप दुर्घटनाको संख्या बढ्दै गएको छ । कोशी राजमार्ग विस्तारमा सडक विभागले एडिबीलाई जिम्मा दिई तेह्रथुमको बसन्तपुरदेखि खाँदबारी सम्मको राजमार्ग कालोपत्रे सम्पन्न भयो । तर राजमार्ग स्टान्र्डरमा नभई सिंगल ल्याण्डमा गरे पछि झन् समस्या भएको स्थानीयको गुनासो छ ।
तेह्रथुमको बसन्तपुर देखि चैनपुर सम्मको ५१ किलोमिटर सडक वट्टासिल (ग्राभेल) सम्पन्न भएको छ । यता चैनपुरदेखि सभाखोलासम्मको २५ किलोमिटर र सभाखोलादेखि खाँदबारी सम्मको १८ किलोमिटर सडक तीन मीटर चौडामा कालोपत्रे सम्पन्न भएको हो । राजमार्गमा गाडी कुदाउन समस्या छ क्रस हुन सक्दैन दैनिक जसो दुर्घटना हुने गर्छ चालक आङदेण्डी शेर्पाले भन्नुभयो । सडक कालोपत्रे सक्न नपाउँंदै चैनपुर खाँदबारीमा दर्जन बढी दुर्घटना भइसकेका छन् ।
सडकको चौडा नपुगे पछि उच्चगतिमा आएको गाडीले बाटो नपाउँंदा बढी दुर्घटना हुने गरेको स्थानीय चिरन राईले बताउनुभयो । नेपाल स्वातन्त्र मजदुर युनियनका केन्द्रीय सदस्य राजेन्द्र लिम्बु सडक जनहितमा नभएकाले राजमार्गकै स्तरमा हुनु पर्ने माग गर्नुभयो । यो राजमार्ग नेपालकै एक मात्र दुई छिमेकी राष्ट्र भारतको जोगमनी देखि चीनको स्वसासित क्षेत्र तिव्बत जोड्ने छोटो हो ।
उता सडकलाई निग्रनी गर्दे आएका उत्तर–दक्षिण कोशी सडक आयोजनाका इन्जीनियर बिनोदप्रसाद साप्कोटा भने सडकको डिजाइन पुरानो भएकाले राजमार्ग स्तरको नभएकोे बताउनुभयो । सडक बिभागले सडक कालोपत्रेका क्रममा राजमार्गको स्तर चिन्न नसकेको एमाले सचिव खड्ग राई बताउनुभयो । उत्तर–दक्षिण कोशी सडक आयोजनाले खाँदबारीबाट कुवापानी सम्मको २७ किलोमिटर सडक ४ बर्ष अगाडीनै ग्राभेलका लागि जिम्मा दिएको छ तर सम्पन्न हुन सकेको छैन ।
उता कुवापानी देखि एकुवा सम्मको ३७ किलोमिटर र किमाथाङकाबाट चेपुवाको छुमसुरसम्मको २१ किमि ट्रेक ओपन हुदै छ । बाँकी ट्रेक ओपनका लागि एकुवाबाट हटियाको पेजुङ खोलासम्मको ४१ किमि सडक निर्माण बाँकी छ । यि बाँकी सडक राजमार्गको स्तरमै निर्माण गरिनु पर्ने संखुवासभाबासीले माग गरेका छन् ।