सप्तकोसीमा खतरा टर्यो
रत्नप्रसाद आचार्य
इटहरी ,८ भाद्र । हप्तादिनदेखि पानीको बहाव बढेर खतरा उत्पन्न भएको सप्तकासी नदीमा मंगलवारबाट खतरा टरेको छ । पूर्वी पाहाडि जिल्लाहरुमा बर्षा रोकिएर पानीको बहाव घटेपछी सप्तकोसी नदीमा खतरा टरेको हो ।
सप्तकोसीमा पानीको बहाव घटेपछी कोसी प्रभावित क्षेत्रको जनजिवन सामान्य बनेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । मंगलवार बाट सप्तकोसीमा पानीको बहाव घटेर एक लाख ३८ हजार २० क्युसेक प्रतिसेकेण्डमा झरेको छ । तीन दिन अगाडि सप्तकोसीमा प्रतिसेकेण्ड २ लाख क्युसेक पानी नाघेको थियो । सप्तकासीमा पानीको बहाव एक लाख ५० हजार नाघेपछी खतरा मानिदै आएको छ । पानीकोब हाव घटेपछी कोसी व्यारेज क्षेत्रको अबस्था पनि सामान्य बनेको कोसी व्यारेज प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काले बताएका छन् ।