Live Streaming

जलमग्न जनकपुर

मनिका झा 


जनकपुरधाम,४ भाद्र । लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण जनकपुर नगरक्षेत्र जलमग्न भएको छ । नगरक्षेत्रमा सडक व्यवस्थापन हुन नसक्दा नाला सडक भन्दा माथि भइसकेको कारण पानीको बहाव राम्ररी हुन नसक्दा सडकहरु वर्षाको पानीले जलमग्न भएका छन् ।

 विशेष गरि जिरो माईलदेखि मुरली चोक, मिल्स एरिया, रेल्वे स्टेशन सहितका क्षेत्रहरुमा अधिकांश घरहरुमा पानी पसेपछि सर्वसाधारणहरुलाई समस्या परेको हो । वर्षाको पानीमा सर्वसाधारणहरुले आफ्नो घरको ट्यांकीको पानी समेत नालामार्फत बगाउन थालेपछि फोहोर पानीमा हिंड्दा छाला चिलाउने, खटिरा आउने र रुखाखोकी लाग्ने जस्ता स्वास्थ्य सम्बन्धी समस्याहरु उत्पन्न भएको हो ।

पछिल्लो समयमा जनकपुरमा एसियाली डेभपलपमेन्ट बैंकको ऋण सहयोगमा करिब २ अर्बको परियोजना मार्फत सडक, नाला र फोहोरमैला व्यवस्थापन गर्ने योजना भएपनि विभिन्न वाधा अड्चनले गर्दा सो काम हालसम्म पनि सुचारु हुन सकेको छैन । समयमै सडक नबनेपछि नगरक्षेत्रमा सामान्य वर्षा हँुंंदा पनि पानी जमेर बाटो अवरुद्ध हुने समस्या नभएको भने होइन । तर, पछिल्लो दुई दिनदेखि मुसलधारे वर्षाका कारण नगरका थुप्रै सडकहरु जलमग्न भएका छन् ।