६ प्रदेशदसहितको संविधान जारी हुन्छ : सिँचाईमन्त्री
रत्नप्रसाद आचार्य
इटहरी,४ भाद्र । सिँचाईमन्त्री एनपी साउँंदले ६ प्रदेशसहितको संविधान जारी हुने बताएका छन् । शुक्रबार इटहरीमा नेपाल जेसिजको क्षेत्र क सम्मेलन उद्घाटन गर्दै उनले प्रमुख चारदलबीच भएको सहमति अनुसार नै ६ प्रदेशसहितको संविधान जारी हुने बताएका हुन् । नेपाली काँग्रेस शान्ति, र संविधानका लागि निरन्तर लागिरहेकाले वर्तमान सरकारले नै ६ प्रदेश सहितको संविधान घोषणा गर्ने उनको दावी थियो । प्रमुख चारदलबीच ६ प्रदेशको खाका सार्बजनिक भइसकेकाले कुनै हालतमा पनि ७ प्रदेशमा बढ्न र ५ प्रदेशमा घटन नसकिने साउदले बताएका छन् ।
उनले बिहीबारको राजनैतिक संवाद तथा समाधान समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित हँुंदैमा संविधान निर्माणको काम नरोकिने उनको भनाई थियो । संवाद समितिको बैठकमा प्रधानमन्त्री आउनु भएन भनेर एमाले र एमाओवादीका मित्रहरुले संका गर्नु पर्दैन मन्त्री साउदले भने, प्रधानमन्त्री विशेष परिस्थितिमा अनसपस्थिित रहेपनी कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति रहेकै थियो ।
मन्त्री साउदले सरकार र दलहरुबीच भएका सहमतीलाई संस्थागत गर्दै अहिले छ प्रदेशकै संघिय संरचना भएको संविधान चाडै जारी गर्ने पनि विश्वास दिलाएका छन् । उहाले संविधानका सबै कुरा भगवानले लेखेजस्तो नहुने भन्दै सबै कुरा परिवर्तन गरेर जान सकिने भएकाले हाल भइरहेको सहमतीलाई स्वीकार गर्दै पछि जनताको चहना अनुसार परिमार्जन गर्दै जादा उपयुक्त हुने उनको भनाई थियो ।
मन्त्री साउदले मधेसवादी दलहरुले आन्दोलनका लागिसर्बसाधारणलाई ५० लाखको प्रलोभन देखाउने कार्य दुर्भाग्य पूर्ण रहेको बताएका छन् । उनले मधेसवादी दलका अराजनैतिक गतिविधिलाई सरकारले नियन्त्रण गर्ने बताएका छन् ।