Live Streaming

ओली निवासमा बज्यो हिन्दूराज्यको शङ्ख

भक्तपुर,४ भाद्र । नयाँ संविधानमा धर्मनिरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा शङ्ख बजाइएको छ ।ओमकार समाजको नेतृत्वको समूहले ओली निवासमा पुगेर शङ्ख बजाउँदै हिन्दूराज्यको माग गरेका हुन् । 

हिन्दूराज्यको माग गर्दै ओली निवास पुगेको टोलीमध्येका ११ जना पण्डितले शङ्ख बजाएका थिए । शङ्ख बजाउँदै ९४ प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशलाई धर्म निरपेक्ष गर्न पाइन्न, हिन्दू राज्य कायम गर्नै पर्छ भन्ने माग राखेका थिए ।उनीहरुले एमाले अध्यक्ष ओलीलाई भेटेर नयाँ संविधानमा हिन्दूराज्य लेखिनुपर्ने माग राखेको समाजका प्रतिनिधिहरुले जानकारी दिएका छन् । रासस