Live Streaming

भारतमा भीषण बाढी ,तीन लाख नागरिक प्रभावित

एजेन्सी,४ भाद्र । भारतको उत्तरपूर्वी इलाकामा आएको भीषण बाढीका कारण ३ लाख नागरिक प्रभावित भएका छन् । तीन दिनदेखि लगातार पानी परे पछि आसाम राज्यको १३ जिल्लाका ६ सय ११  गाउँमा बाढी पसेको छ । आसाम सरकारले कोकराझाड, चिराङ,बंगाइगाउँ  र डिब्रुगढ जिल्लामा १ सय बढी शिविरहरु खडा गरेर नागरिकलाई स्थानान्तरण गरिएको छ ।

गाउँमा बाढी पसेपछि खाद्यान्न र लत्ताकपडाको समेत अभाव देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढीका कारण राष्ट्रिय राजमार्गसँग जोडिने सडक सञ्जालसमेत क्षतिग्रस्त भएपछि उद्धारमा कठिनाई उत्पन्न भएको छ ।