Live Streaming

आध्यात्मीक चिन्तक स्वामी प्रपन्नाचार्यको निधन

काठमाडौं,४ भाद्र । वरिष्ठ आध्यात्मीक चिन्तक स्वामी प्रपन्नाचार्यको निधन भएको छ । शाकाहारी आन्दोलनको अगुवा समेत रहनुभएका प्रपन्नाचार्यको आज बिहान पशुपतिको मृगस्थलीमा निधन भएको हो । ३० वर्षमा अध्ययनका लागि भारतको बनारस जानुभएका उहाँले वेदान्त शास्त्र विषयमा विद्यावारिधी गर्नुभएको हो ।

पाँचथर जिल्लाको लालीखर्क वरडाँडामा वि.सं. १९८० मा जन्मिनुभएका प्रपन्नाचार्य सुरुमा काले राईका नामले चिनिए पनि पछि सन्यास लिएपछि  स्वामी प्रपन्नाचार्यका रुपमा ख्याति प्राप्त हुनुहुन्थ्यो । ब्राह्मणको पनि ब्राह्मण भनेर चिनिने प्रपन्नाचार्यले नेपाली जनजीवनको प्राचिन दर्शनबारे खोज र अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्नुभएको जानकाहरु बताउँछन् । उहाँका सम्मार्ग दर्शन, प्राचीन हिन्दु विज्ञान, वेदमा के छ , किरातहरू मङ्गोलियाबाट आएका शरणार्थी होइनन लगायत एक दर्जनभन्दा धेरै किताब प्रकाशित छन् ।