Live Streaming

भैरहवामा आन्दोलनकारी र प्रहरीबीच झडप

कृष्णप्रसाद ढकाल

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली हान्यो

भैरहवा,३ भाद्र । संघीय प्रदेशको सीमांकनप्रति असन्तुष्ट मधेसी लोकतान्त्रिक मोर्चाका कार्यकर्ताले विहीबार अपरान्ह भैरहवाको बैंक रोडस्थित सिटजन बैंक अगाडी दुईवटा मोटरसाईकल जलाएका छन् । आन्दोनकारीले बैंकका घर मालिक देवीराम विकको लु २ प ६४१५ नम्वरको मोटरसाइकल र राष्ट्रिय गहँुबाली कृषिफारम निवासी श्रृष्टि पाण्डेयको लु १० प ५१२१ नम्वरको स्कुटीलाई जलाएका  छन् ।

बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको छ । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् ।दुवै सवारी साधन घरबाट बाहिर निकालेर जलाइदिएको पिडितले वताए । एकजना केटालाई पूर्वबाट लखेट्दै आएका थिए, केटो हाम्रो घरभित्र पस्यो, हातमा लठीलिएका आन्दोलनकारी पनि छिरेर मोटरसाइकल लतार्दै बाहिर लगी जलाएर भागे’, पीडित देवीरामले भने, ‘केटासँग पुरानो रिसिवी रहेछ,, उसैको घर र गाडी समझेर जलाइदिए जस्तो लाग्छ ।
यसैबीच वेलहिया भन्सार कार्यालय ठप पार्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी र आन्दोलनकारीसहित १२ जना घाइते भएका छन् । उनीहरुको भैरहवा भीम अस्पतालमा उपाचार भइरहेको छ । बन्दकर्ताले बेलहियाका स्थानीय व्यवसायीका सामान तोडफोड गर्न खोजेपछि स्थिति सामान्य बनाउन चारवटा अश्रुग्यास र दुईवटा रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनमा दुईजना गम्भीर र ४(५ जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।


यसैगरी प्रदर्शनकारीले सिद्धार्थनगर सिटी अस्पताल, एकता विकास वैंक भवनको झ्यालका सिसा, सोही स्थानको चाउमिनको ठेला र एक माइक्रो बससमेत तोडफोड गरेका छन् ।आन्दोलनमा रुपन्देहीको विभिन्न ठाउँबाट आन्दोलनकारी सदरमुकाम भैरहवामा जम्मा भएका छन् । सिमापारी भारतबाटसमेत घुसपैठ समेत भएको छ । नौ दिनदेखि आन्दोलनरत मोर्चाले विहीबारबाट आक्रमक ढंगले आन्दोलन थालेको छ । यसक्षेत्रका सबै शिक्षणसंस्था, उद्योग व्यापार बन्दी हुनुका साथै आमहड्ताल गरेका छन् ।