Live Streaming

​बन्दले तराईको जनजीवन थप कष्टकर बन्दै

सप्तरी,३ भाद्र । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको कारण आज पनि तराईका विभिन्न जिल्लामा प्रभाव परेको छ । सिमांकनमा असहमति जनाउँंदै मोर्चाले गरेको बन्दका कारण सप्तरीमा आज पनि प्रर्दशन भएको छ । मोर्चाका कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन् । कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेका छन ।  

गत मङ्गलबार सप्तरीको भारदहमा प्रहरीसँगको झडपमा परी स्थानीय ३५ वर्षीय राजीव राउतको मृत्यु भएपछि जिल्लामा बन्दबाट अझै प्रभाव परेको हो । त्यस्तै मधेशी मोर्चाका कार्यकर्ताले आज भैरहवामा दुईवटा मोटरसाईकलमा आगजनी गरि पूर्ण क्षति पुराएका छन् । आन्दोनकारीले लु २ प ६४१५ नम्वरको मोटरसाईकल र लु १० प ५१२१ नम्वरको स्कुटीलाई जलाएका हुन् ।  यसैविच वेलहिया भंसार कार्यालय ठप्प पार्न गएका आन्दोलनकारी र प्रहरी विच झडप भएको छ ।

झडपमा प्रहरी र आन्दोलनकारी एकदर्जन घाइते भएका छन् । उता, संघिप्रदेशको सिमांकनप्रति विरोध जनाउँंदै आएका मधेशी मोर्चाका कार्यकर्ताले आज अपरान्ह भैरहवाको बैंक रोडस्थित सिटजन बैंक अगाडी दुईवटा मोटरसाईकलमा आगजनी गरि पूर्ण क्षति पुराएका छन्  । आन्दोनकारीले लु २ प ६४१५ नम्वरको मोटरसाईकल र लु १० प ५१२१ नम्वरको स्कुटीलाई जलाएका हुन् ।  यसैविच वेलहिया भंसार कार्यालय ठप्प पार्न गएका आन्दोलनकारी र प्रहरी विच झडप भएको छ । झडपमा प्रहरी र आन्दोलनकारी एकदर्जन जति घाइते भएका छन् ।