प्रहरीको इन्काउन्टरमा नाइके कुमार घैटे मारिए
काठमाडौं,३ भाद्र । प्रहरीले गरेको ‘इन्काउन्टर’ मा चर्चित गुन्डा नाइके कुमार घैंटे मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।
प्रहरीमाथी गोली चलाएकाले आत्मरक्षाका लागि गोली चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । गोली लागेर घाइते भएका घैटेलाइ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।