आसाममा भारी वर्षा
एजेन्सी,३ भाद्र । भारतको आसामसहित पूर्वउत्तरका विभिन्न राज्यमा भारी वर्षापछि आएको बाढीका लागि लाखौँ नागरिक प्रभावित भएका छन् । बाढीका कारण घरबारबिहीन भएका १७ हजार ५ सय ७५ जनालाई स्थानान्तरण गरिएको छ ।
आसाममा आएको अहिलेको बाढी यही वर्षको दोस्रो बाढी हो । आसामका ७ जिल्लाका २ सय ८२ गाउँका बासिन्दा प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँंका धेमाजी, कोकराझाड, चिरागं, बंगाइ गाउँंलगायतका जिल्लाहरु बढी प्रभावित भएका छन् । यसैबीच राज्य सरकारले आउँंदो २३ र २४ अगस्टमा भारी वर्षा हुने जनाउँंदै राहतका लागि सतर्क रहन प्रशासनलाई निर्देशन दिएको छ ।