अन्नपूर्णको दसैंतिहार योजना
अन्नपूर्ण
काठमाडौं ,२ भाद्र अन्नपूर्ण मिडिया नेटवर्कले दसैंतिहारलाई लक्षित गरी अन्नपूर्ण पोस्ट् दैनिकका ग्राहकका लागि विशेष उपहार योजना सुरु गरेको छ। वार्षिक तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को ग्राहक बनेमा नेपाल टेलिकम वा एनसेलको सात सय रुपैयाँबराबरको रिचार्ज कार्ड तत्काल उपलब्ध हुनेछ।
अन्नपूर्ण पोस्ट्का वितरण विभाग प्रमुख विदुर अर्यालका अनुसार ग्राहक योजनाअन्तर्गत एक भाग्यशाली बम्पर विजेतालाई पाँच लाख रुपैयाँबराबरको 'सपिङ कुपन' प्रदान गरिनेछ।
ग्राहक योजनाका लागि बुधबारदेखि नै राजधानी र देशभरिका मुख्य सहरमा 'डाइरेक्ट मार्केटिङ अफिसर' परिचालन भइसकेका छन्। नयाँ ग्राहकसाथै पुराना ग्राहकले पनि सदस्यता नवीकरण गरी यो योजनामा सहभागी हुन पाउनेछन्।