Live Streaming

एरावान खुल्ला

काठमाडौं,२ भाद्र । २० भन्दा बढीको मृत्यु हुनेगरी बम विस्फोट भएको थाइल्यान्डको राजधानी बैंककस्थित एरावन धार्मिक स्थल आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको धार्मिक स्थलका रुपमा रहेको एरावनमा गएको सोमबार बम आक्रमण भएको थियो ।

विस्फोटको जिम्मा अहिलेसम्म कुनैपनि समुहले लिएको छैन । घटनासम्बन्धी अनुसन्धानका क्रममा सिसि टिभी फुटेजमा देखिएका एक युवकमाथि आशंका गरिएको छ । विस्फोट हुनुअघि पहेँलो लुगा लगायतका एक युवक कालो झोला बोकेर धार्मिक स्थल प्रवेश गरेका छन् भने बाहिर निस्किदा उनको झोला साथमा देखिएको छैन । ति युवकको खोजी भइरहेको थाइ अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।