जुम्लामा कफ्र्यु हट्यो
जुम्ला,२ भाद्र । जुम्लामा आइतबार साँझदेखि लगाइएको कफ्र्यु आन्दोलनकारी र प्रशासनबीच भएको सहमति हिजो साँझबाट हटेको छ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले लगाएको कफ्र्यु लगाएको थियो ।
बाजुराको बडिमालिकामा ठूलो मेला लाग्ने र जुम्लाको चन्दनाथ मन्दिरमा पनि त्यहाँबाट पूजा गरेर ल्याइएको सामाग्रि भित्राउनुपर्ने भएकाले आन्दोलनकारीहरुले आज प्रदर्शन नगर्ने जनाएका छन् । त्यसपछि स्थानीय प्रशासन पनि कफ्र्यु हटाउन सहमत भएको हो ।
कफ्र्यु हटाइए पनि उच्च सुरक्षा सतर्कता भने अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जिल्लामा तनाव जारी नै रहेको बताउनुभयो । यसैबीच कफ्र्युको समयमा समेत जिल्लामा रहेका सरकारी कार्यालयमा धमाधम आगजनी हुन थालेपछि प्रशासनले भने सरकारी कर्मचारीहरुमाथि नै आशंका गरेको छ ।