सभासदको अभिव्यक्तिमाथि छानबिन
काठमाडौं,१ भाद्र । बिखण्डनकारी अभिव्यक्ति दिएर विवादमा परेका केही मधेशी सभासदमाथि संसदीय समितिले छानबिन सुरु गरेको छ । देश टुक्राउँछु भन्दै धम्की दिएपछि विवादित बनेका काँग्रेका सभासद अमरेश कुमार सिंह, संघीय समाजवादी फोरोम नेपालका अध्यक्ष एवं सभासद उपेन्द्र यादव र सद्वनाका अध्यक्ष राजेन्द्र महतोमाथि संसदको राज्य व्यवस्था समितिले छानबिन शुरु गरेको हो ।
उहाँंहरुले देशका विभिन्न स्थानमा जनता भड्काउने खालको अभिव्यक्ति दिएपछि सरकारले अडियो रेकर्ड संसदमा पेश गरेको थियो । अडियोको अध्ययन पछि भदौं ५ गते समितिको बैठकमा यसबारेमा विस्तृत छलफल हुने समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिनुभयो ।
कैलाली तथा अन्य ठाउँमा आयोजित सभाहरुमा ससभासदहरुले विखण्डनकारी अभिव्यक्ति दिएको समाचारको अडियो रेकर्ड हिजो संसद्मा गृहमन्त्री वामदेव गौतमले प्रस्तुत गरेपछि आवश्यक छानबिन गर्न सभामुख सुवास नेम्वाङले समितिलाई निर्देशन दिनुभएको थियो । आजको बैठकमा उपस्थित अमरेशकुमार सिंहले आफूलाई थुनेर देखाउन सरकारलाई चुनौती समेत दिनुभएको छ ।