Live Streaming

बन्दको मौका छोपेर काठ तस्करी

मोरङ,१ भाद्र । लगातार भइरहेको बन्द र हड्तालको मौकामा मोरङको उत्तरी क्षेत्रबाट बहुमूल्य सखुवाको काठ तस्करीमा वृद्धि भएको छ  । बन्द र हड्तालका बेला वन क्षेत्रमा वन कर्मचारीको पहुँच नपुग्दा तस्करहरुले त्यसको फाइदा उठाउन थालेका हुन् ।

सुरक्षा बल बन्द र हड्तालमा खटिदा चुरे क्षेत्रका राष्ट्रिय बनतर्फ तस्करको नजर बढेको हो ।   तस्करहरुले उत्तरी टाँडी, लेटाङभोगटेनी, वाराङ्गी, मधुमल्ला, पथरीशनिश्चरे, जाँते समेतका गाविसमा फैलिएका राष्ट्रिय वनबाट काठ तस्करी गर्ने गरेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला वन अधिकृत दिपक ज्ञवालीले बन्द र हड्तालको फाइदा उठाउँदै तस्करहरु चुरे क्षेत्रको वनबाट काठ तस्करीमा सक्रिय भएको बताउनु भयो ।