Live Streaming

इटहरीमा व्यवसायीहरुले बजार खुलाए

सुनसरी,१ भाद्र । सुनसरीको इटहरीका व्यवसायीहरुले सरकारसँंग सुरक्षाको प्रत्याभुति माग्दै आफ्नो व्यापार व्यवसाय सुचारु गरेका छन् । उद्योग वाणिज्य संघ इटहरीको कार्यालयमा आज बसेको छलपलले इटहरी बजार खोल्ने सरकारसंँग सुरक्षा माग गर्दै बजारका सबै व्यवसाय संचालन गर्ने निर्णय गरेको हो । छलफलमा सबै व्यापारी तथा व्यवसायीहरुको राय सुझावका आधारमा इटहरी बजार खुल्ला गर्ने निर्णय गरिएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले बताउनुभयो । 


यता थरुहट संघर्ष समितिले गरेको बन्दको प्रभाव पश्चिम तराइका २२ जिल्लामा आज पनि परेको छ । समितीले आफ्ना माग पुरा नभएको भन्दै हिजोदेखि ४ दिनका लागि विरोध र आन्दोलनका कार्यक्रम लम्ब्याएको हो । संघीय सीमांकनमा तराइका जिल्लालाई पहाडी जिल्लामा पारेको भन्दै थरुहट संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।