Live Streaming

दोलखा केन्द्रबिन्दु भएको पराकम्प गयो

दोलखा,१ भाद्र । दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहानै भुकम्पको पराकम्प गएको छ । बिहान ४ बजेर ८ मिनेटमा दोलखा र चीनको सीमाना नजिकै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको पराकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि गत शनिबार पनि दोलखा नै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । बैशाख १२ मा गएको शक्तिशाली भूकम्पयता हालसम्म ४ म्याग्निच्यूड र त्यसभन्दा माथिका ३ सय ८० भन्दा धेरै परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको  छ ।