Live Streaming

करेन्ट लागेर दुईको मृत्यु

पवन पौडेल


तनहुँं,१ भाद्र । हाई भोल्टेजका कारण करेन्ट लाग्दा शुक्लागण्डकी ९ अर्चलेमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।गएराती भएको घटनामा परी मृत्यु हुनेमा ३० वर्षीया दुर्गा न्यौपाने र उनकी छोरी ५ वर्षिया खुशी न्यौपाने छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालले बताए । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

न्यौपाने परिवारकै सदस्य ३३ वर्षका निलकण्ठ र ७५ वर्षका सालिकरामको गम्भीर अवस्थामा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । छिमेकका २६ वर्षिया सुकमाया नेपाली, १६ वर्षिया मिलन नेपाली, २० वर्षिया सम्झना नेपाली र  १८ वर्षिया फुलमाया नेपाली पनि करेन्ट लागेर घाइते छन् । उनीहरुको सेतीगंगा सामुदायिक अस्पताल बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।