Live Streaming

बन्दले तराईको जनजीवन थप कष्ट

काठमाडौं,१ भाद्र स् मधेशवादी दल तथा ६ प्रदेशको संघिय संरचनामा असन्तुष्ट पक्षहरुले आह्वान गरेको बन्दका कारण आज पनि देशका विभिन्न भागको जनजीवन प्रभावित बनेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आजदेखि आह्वान गरेको अनिश्चितकालिन बन्दका कारण तराइको जनजीवन थप कष्टकर बनेको छ ।

६ प्रदेशमा असन्तुष्ट पक्षबाट यसअघि देखि नै बन्द रहदै आएका तराइका जिल्लामा आजदेखि मोर्चाले आह्वान गरेको बन्द थपिएको हो । यसैगरी लिम्बुवानले आह्वान गरेको बन्दका कारण पुर्वी जिल्लाहरुमा पनि यातायातका साधन चल्न सकेका छैनन् भने बजार, कलकारखाना ठप्प छन् । 


यता थरुहट संघर्ष समितिले गरेको बन्दको प्रभाव पश्चिम तराइका २२ जिल्लामा आज पनि परेको छ । समितीले आफ्ना माग पुरा नभएको भन्दै हिजोदेखि ४ दिनका लागि विरोध र आन्दोलनका कार्यक्रम लम्ब्याएको हो । संघीय सीमांकनमा तराइका जिल्लालाई पहाडी जिल्लामा पारेको भन्दै थरुहट संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।