Live Streaming

थारुहटको बन्दमा इटहरीमा अवज्ञा, बजार र यातायात सुचारु

रत्नप्रसादआचार्य
इटहरी,२९ साउन । पूर्वी तराईका६ जिल्लालाई छुट्टै थारुहट राज्यमागगर्दै पूर्वी थरुहट संघर्ष समिति कोचिला राज्य समितिले आयोजना गरेको सुनसरी जिल्ला बन्दमा इटहरीका व्यवसायीहरुले बन्दको अवज्ञा गरेका छन् । लगातारको बन्दकाकारण इटहरीको व्यापार व्यवसाय संचालनमा समस्या भएको भन्दै व्यापारीहरुले शुक्रबार आयोजना गरिएको बन्द अवज्ञा गरी स्वतस्फुर्त रुपमा बजार खोलेका छन् । 
२० दिनदेखि हिन्दवबादीहरुको आन्दालनका कारण प्रभावित बनेको पूर्वाञ्चलकै व्यापारीक केन्द्रका रुपमा रहेको इटहरीका व्यापारीहरुले बन्द, हड्तालको आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने माग राखेर बजार संचालन गरेका छन् । बिहीबार संघीय लिम्बूवान पार्टी नेपालले बन्द गरेका कारण ठप्प भएको इटहरी बजार क्षेत्र शुक्रबार थरुहटको बन्दमा भने खुलेको छ । लगातारको बन्दले गर्दा इटहरीको व्यापार, व्यवसाय चौपट भएको भन्दै व्यापारीहरुले स्वतस्फूर्त रुपमा बजार खुलाएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले बताए । करोडौंको लागानी गरेर व्यापार व्यवसाय थालेका इटहरीका व्यापारीहरु अबदेखि सडक थुनेर बस्नेवाला छैनन्, उनले भने व्यापारीले आइन्दा निर्वाद रुपमा व्यापार व्यवसाय संचालन गर्न पाउनुपर्छ । उनले आन्दोलन गर्नेहरुले सिंहदरबार गएर आन्दोलन गर्न र सर्बसाधारणलाई दुःखदिने गरी बन्द हड्ताल नगर्न बन्दकर्ताहरुलाई सुझाव दिएका छन् । 
यता इटहरी बन्द गराउँंदै हिंडेका थरुहटका कार्यकर्ताहरुलाई प्रहरीले सडकबाट हटाएको छ । थरुहट माग्दै सडक र बजार बन्द गराउँंदै सडकमा निस्किएका थारुहटका कार्यकर्ताहरुलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्र खड्काको नेतृत्वको प्रहरी टोलीले सडकबाट हटाएको छ । प्रहरीले समेत शान्ति सुरक्षाको प्रबन्ध मिलाएपछि इटहरी बजार पूर्णरुपमा खुलेको छ । इटहरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सडकमा सुरक्षा दिएपछि इटहरीबाट  धरान, धनकुटा, झापा, इलाम, पाँंचथर जाने यातायातका साधन संचालनमा आएका छन् । 
यता थरुहटको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवा, झुम्का, दुहबी, सोनापुर, बजार भने पूर्ण रुपमा बन्द भएका छन् । बन्दका कारण यस क्षेत्रमा यातायातका साधन समेत ठप्प भएका छन् । बजार र बन्द गराउँंदै हिंडेका पर्दशनकारीहरुले यस क्षेत्रका शैक्षिक संस्था,कलकारखाना समेत संचाल गर्र्न दिएका छैनन् ।