Live Streaming

चीनमा विस्फोट भएपछि ३५ हजार नागरिक लाई सुरक्षीत स्थानमा सारियो

एजेन्सी,२९ साउन । चीनको उत्तरी क्षेत्रस्थित तियाञ्जिनमा भएको श्रृखंलावद्ध विस्फोटपछि करिब ३५ हजार स्थानीय बासिन्दालाई सुरक्षीत स्थानमा सारिएको छ । सो इलाकामा रसायन विष्फोट भएको आंशका गरिएपछि सरसफाइका लागि भन्दै नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो ।

 तियाञ्जिनमा हिजो श्रृखलावद्ध विष्फोट हुँदा  ५० जना मारिएका थिए भने  ५ सय भन्दा बढि घाइते भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विष्फोटको भएको २४ घण्टा बितिसक्दा पनि घाइतेहरुलाई उद्धार गर्न तथा सरमा लागेको लागो नियन्त्रणमा लिन निक्कै कठिन भइरहेको छ ।यसैबीच चिनिया प्रधानमन्त्री लि खर्छ्याङले घटनाको निष्पक्ष छानविन हुने बताउनुभएको छ ।