राहतको पैंसाले जाँड खाएर श्रीमतीको हत्या
नुवाकोट,२८ साउन । भूकम्प पीडितको नाममा प्राप्त राहत खर्च गर्ने विषयमा विवाद भएपछि नुवाकोट खानीगाउँंमा श्रीमान्ले श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् ।खानीगाउँं ९ चुलेडाडाका ४० वर्षीाय रामबहादुर थापामगरले श्रीमती ४० वर्षीया मेनुका थापामगरलाई गएराति खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सो परिवारले हिजोमात्र गाविस कार्यालयबाट जस्तापाताको राहत रकम बुझेका थिए ।
थापाले राहत बुझेपछि हिजो मदिरा सेवन गरेर आवेशमा आई श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् । प्रहरीले श्रीमतीको हत्यारा रामबहादुरलाई आज पक्राउ गरेको छ । सरकारले भुकम्प पीडित घर भत्केकाहरुलाई जस्तापाताका लागी गाविसमार्फत उपल्व्ध गराएको १५ हजार रुपैया खर्च गर्ने विषयमा घरायसी विवाद भएको थियो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।