Live Streaming

​आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,२८ साउन । प्रधानमन्त्री  सुशिल कोइरालाले प्रदेशको सिमांकनको विरोधमा रहेकालाई आन्दोलन फिर्ता लिएर बार्ता र सम्वादबाट समाधान खोज्न आग्रह गर्नुभएको छ । आज व्यवस्थापिका संसद वेैठकमा बोल्दै प्रधानमन्त्री कोइरालाले सविधान जारी हुने अन्तिम समयमा आन्दोलन भन्दा पनि सम्वाद  र बार्ता प्रथमिकता हुनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री कोइरालाले यतिवेला सवै राजनितीक दल र जनता विच सहकार्य गरेर अगाडि बढ्ने समय भएको बताउनुभयो । उहाँले सवैको माग जायज भएको भन्दै आफनो  आन्दोलनलाई स्थिगित गरेर सम्वादबाट समधान गर्न सवैलाई आग्रह गर्नुभयो ।  उहाँले आन्दोलनरत पक्षको माग जायज भएको भन्दै समस्या समाधान गरेर जानुपर्ने बताउनुभयो । उहाँले देशमा विकाशका प्रचुर सम्भावना रहेको भन्दै शान्ति स्थायीत्व कायम गरे पछि विकाशको चरणमा प्रवेश गर्ने बताउनुभयो ।

उहाँले नेपालमा शान्ति , स्थायीत्च कायम गर्न दल , संगठन र जनतालाई मिलेर जान आवश्यक भएको बताउनुभयो । व्यवस्थिका संसदको आजको बैठकमा अन्य दलका शिर्ष नेताहरूले पनि बोल्ने कार्यक्रम छ । अहिले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भनाइ राखिरहनुभएको छ ।