Live Streaming

सुर्खेतमा दलहरुको छुट्टाछुट्टै प्रदर्शन

सुर्खेत,,२८ साउन । सुर्खेतमा दलहरुले बिहीबार छुट्टा छुट्टै प्रदर्शन गरेका छन्। अखण्ड मध्यपश्चिमको माग गर्दै यसअघि नागरिक स्तरबाट स्वतःस्फुर्त रुपमा सुरु गरिएको आन्दोलन हिंसात्मक बनेपछि त्यसलाई शान्तिपूर्ण बनाउन दलहरु बिहीबार सडकमा आएका हुन्। 

 यद्यपी यहाँका दलहरुले विहीवार विहान वीरेन्द्रनगरमा छुट्टा छुट्टै प्रदर्शन गरेका छन्। सबै राजनीतिक दलहरुले संयुक्त रुपमा शान्तिपूर्ण विरोध र्‍याली निकाल्ने भनिएपनि अन्तिममा आएर उनीहरु आफै विभाजित भएका छन्। सत्ताधारी दलहरु एकातिर भएका छन भने विपक्षी दलहरु अर्कोतिर देखिएका छन्।