हजुरआमाले चियामा विषादी मिसाउँंदा नातीको मृत्यु
मनोहरकुमार
राजविराज, २८ साउन: उदयपुरको कटारी नगरपालिकामा हजुरआमाले दिएको चिया खाएर एक बालकको मृत्यु भएको छ ।कटारी २ की ६० वर्षीय कृष्णकुमारी कार्कीले विषादी मिसिएको चिया खान दिँंदा उनका नाती ८ वर्षीय सुदिप कटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्कीले बुधबार बिहान झुक्किएर झिंगा मार्ने विषादीलाई चियापत्ती भन्ठानेर दुधसँग पकाई आफू र नातीले बाँडी पिएका थिए । चिया पिउना साथ दुवैजना बेहोस भएका थिए । उनीहरुलाई उपचारका लागि सिरहाको मिर्चैयास्थित ग्लोबल अस्पताल लगिएको थियो । उपचारका क्रममा नातीको मृत्यु भएको र हजुरआमाको उपचार भइरहेको सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले जनाएको छ ।