पूर्वको जनजीवन प्रभावित
सुनसरी,२८ साउन । पूर्वी नेपालको अरुण सप्तकोसी पूर्वका नौ जिल्ला सहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले आव्हान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ ।
लिम्बुवान राज्य दावी गरिएको नौ जिल्लाका साथै उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र भोजपुर जिल्ला सहितको १ नम्बर प्रदेशको अवधारण सार्वजनिक गरेपछि लिम्बुवान राज्यका लागि बन्द आव्हन गरिएको हो ।
बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा जिल्लाको जनजिवन प्रभावित बनेको छ । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, यातायातका साधन ठप्प भएका छन् । लिम्बुवान कार्यकर्ताहरु एका बिहानै सडमा निस्किएर बजारबन्द गराउँंदै यातायातका साधन संचालन गर्न दिएका छैनन् ।