Live Streaming

​सीमांकनको विरोधमा आज पनि आमहड्ताल र आन्दोलन

काठमाडौं,२८ साउन । प्रदेशको सीमांकनका विरोधमा देशका विभिन्न ठाउँमा आन्दोलन जारी रहेको छ । थारु प्रदेशको माग गर्दै तराईका जिल्ला बन्द छन् । हिजोबाट सुरु भएको ६ दिने आम हड्तालको दोश्रो दिन पनि बिहानैबाट तराईका २२ जिल्ला बन्द रहेको थारु संयुक्त संघर्ष समितिले जनाएको छ ।

थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ । 


यसैबीच सुदुरपश्चिम बन्द आज आठौं दिन पनि जारी छ । अखण्ड सुदुरपश्चिम, हिन्दु राष्ट्र नेपाल,थरुहट प्रदेशको माग गर्दै आमहड्ताल आठ दिन अघि देखि भैरहेका छन ।  बन्दका कारण शैक्षिक संस्थाहरु, सरकारी कार्यालय, वित्तिय संघ संस्था, गैरसरकारी संघसंस्था, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, यातायात सबै ठप्प छन् । 


यस्तै अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेत माग गर्दै सुर्खेत र जाजरकोटमा पनि प्रदर्शन चर्किएको छ । बन्दका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर भएको छ । यता राप्तीलाई टुक्राएको र सल्यानलाई प्रदेश नम्बर ६ मा राखिएको विरोधमा गरिएको सर्वदलिय÷सर्वपक्षिय आमहड्तालको चौथो दिन पनि सल्यान ठप्प छ ।