Live Streaming

​फेरि भुकम्पको पराकम्प

काठमाडौं,२८ साउन । काठमाडौंलाई केन्द्रविन्दु बनाउँदै गएराती १ बजेर ४९ मिनेटमा भूकम्पको पराकम्प मापन भएको छ । काठमाडौँको रामकोट आसपास केन्द्रविन्दु रहेको पराकम्प ४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

यसअघि मंगलबार कालिमाटी केन्द्रविन्द्ु बनाएर ४.३ म्याग्निच्युडको पराकम्प गएको थियो । वैशाख १२ को भूकम्पपछि अहिलेसम्म चार म्याग्निच्युडमाथिका ३ सय ७५ वटा परकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।