Live Streaming

सुर्खेतमा कफ्र्यु, प्रदर्शन जारी

ललितबहादुर बुढा


सुर्खे,२७ साउन ।  अखण्ड मध्यपश्चिमको माग गर्दै चर्किएको आन्दोलन नियन्त्रण बाहिर गएपछि सुर्खेतमा कफ्र्यु लगाइएको छ । स्थानीय प्रशासनले बुधबार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु आदेश जारी भएपछि हिजो र अस्तीको तुलनामा आज मानिसहरु सडकमा कम निस्केका छन् । 

बिहानैबाट प्रदर्शनकारीहरु सडकमा निस्केर नाराबाजी गर्न थालेपछि प्रशासनले कफ्र्यु लगाएको हो । आन्दोलन हिंसात्मक बन्दै जान थालेपछि कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ । वीरेन्द्रनगरका मुख्य चौक तथा सडकमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि छिमेकी जिल्लाहरुबाट समेत थप प्रहरी सुर्खेतमा ल्याइएको सुरक्षा स्रोतले जनाएको छ ।

जिल्लाको आन्दोलन अनियन्त्रित बनेपछि यहाँका राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरु यसलाई नेतृत्व गर्ने प्रयासमा जुटका छन् । जिल्लामा रहेका सबै दलहरुले यस बारेमा छलफल जारी राखेका छन् । यद्यपी कफ्र्यु लागेका कारण दलहरुले आज दिउँसो निकाल्ने भनेको शान्ति ¥याली समेत अन्यौलमा परेको छ । सुर्खेतमा चर्किएको आन्दोलनका कारण तीन जनाले ज्यान गुमाउनुका साथै दर्जनौ घाइते भएका छन् ।    यस्तै जुम्ला, दैलेख, कालिकोट, जाजरकोट, डोल्पा र मुगुमा पनि प्रदेशको सीमाकंनविरुद्ध प्रदर्शन भइरहेको छ । ति जिल्लामा आव्हान गरिएको बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ । 

सुर्खेतमा प्रदर्शनकारीहरुले सोमवार प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, गोली हान्ने प्रहरीलाई कारबाही गर्नुपर्ने, तत्काल अखण्ड मध्यपश्चिम घोषणा गर्नुपर्ने र सुर्खेतलाई राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । कसैको आग्रह र नेतृत्वबीना नै प्रदर्शनकारीहरु सडकमा ओर्लिका कारण सुर्खेतमा आन्दोलन हिंसात्मक बन्दै गएको छ । सुर्खेतमा जारी प्रदर्शनलाई समर्थन गर्दै छिमेकी जिल्ला दैलेख, कालिकोट र जाजरकोटबाट समेत मानिसहरु वीरेन्द्रनगर आएका छन् ।