सप्तकोसीमा पानीको बहाव बढ्यो
सुनसरी,२७ साउन । सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ । पहाडी जिल्लाहरुमा वर्षा जारी रहेसंगै सप्तकोसीमा पानीको बहाव बढेको हो । आज बिहान ७ बजे गरिएको मापन अनुसार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५३ हजार ९ सय ८० क्युसेक पुगेको हो ।
नदीमा पानीको बहाव उच्च भएसंगै व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सबारी संचालन गरिएको छ । नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ । अहिले सप्तकोसीका ५६ मध्ये २० वटा ढोका खोलिएका छन् ।
उता, कोशी पीडित संघर्ष समितिले भने सप्तकोशीमा बाढी आउंँदा समेत भारतले कोसी व्यारेजका सबै ढोका नखोल्दा वर्षादको तीन महिना त्रासमा बस्नु परेको भन्दै व्यारेजको सबै ढोका खोल्न भारत सरकारसँंंग आग्रह गरेका छन् ।