नाइजेरियामा बम विष्फोटमा परी ४७ जनाको मृत्यु
एजेन्सी,२७ साउन । नाइजेरियामा भएकाको बम बिस्फोटमा परी ४७ जनाको मृत्यु भएको छ । बोरनो प्रान्तको साबोन गारी नगरसिथत एक बजारमा भएको विस्फोटमा ५० भन्दा बढि घाइते भएका छन् ।
व्यस्त बजारमा गराइएको विस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएपनि इस्लामी विद्रोही संगठन बोकोहरामले गराएको हुनसक्ने आशंका गरिएको छ । सो क्षेत्रमा बोकोहराम बढी सक्रिय छ । गएको मे माा राष्ट्रपति मोहम्मद बुहारीले सत्ता सम्हाले यता विद्रोहीको आक्रमणबाट ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।