डा. केसी फेरि अनसनमा
काठमाडौं,२७ साउन । आफ्नो माग पुरा नभएको भन्दै डा. गोबिन्द केसी आजदेखि फेरि अनसन बस्दै हुनुहुन्छ । सरकारले आफ्नो माग पुरा गर्न तदारुकता नदेखाएको भन्दै उहा आज छैटौँ पटक अनसन बस्न लाग्नुभएको हो । माथेमा प्रतिवेदनले सुझाएको नीति तथा कानुन निर्माणको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने लगायतका ६ बुंदे राख्दै डा. केसी अनसन बस्न लाग्नुभएको हो ।
आज दिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम रहेको छ । प्रतिवेदनमा भनिएअनुसार तत्काल चिकित्सा शिक्षा आयोग समेत गठन गरिनुपर्ने उहाको माग छ । चिकित्सा अध्ययन क्षेत्रलाई सुधार गर्नुपर्ने, राजनीतिक नियुक्तीको अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै उहा यसअघि पनि पटक पटक अनसन बस्नुभएको थियो । उहाको माग पुरा गर्न माथेमा आयोग गठन गरिएपनि आयोगले दिएको सुझावका आधारमा काम अघि बढाइएको छैन ।