Live Streaming

पानी परेपछि धान रोप्न थाले

परासी,२६ साउन । लामो समयदेखिको खडेरीका कारण धान रोप्न नपाएका पर्साका किसान गएराति वर्षा भएपछि धान रोपाईमा जुटेका छन्  । राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका पर्सा र बाराका किसान ढिलै भएपनि आज बिहानैदेखि धान रोपाइमा जुटेका छन् ।

पर्सा जिल्लामा अहिले पनि झण्डै ४० प्रतिशत खेत बाँझो रहेको छ । अलौं , खल्वाटोला , रामगढवा , बिन्दवासीनी ,बहुअर्वाभाठा , शीवबर्वा , चोर्नी ,हरपतगन्ज , सुगौलीविर्ता ,बिरुवागुठी ,बसन्तपुर, गोविन्दपुरलगायतका गाउँंका अधिकांश खेतमा अहिलेसम्म रोपाइ भएको छैन । जिल्ला कृषि विकास कर्यालयका अनुसार पर्सा जिल्लामा ४६ हजार सात सय १० हेक्टर क्षेत्रफलमा धानको खेती हँुंदै आएको छ ।